पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता

पोखरा ।
यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता सफल बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाए ।
“हामीले गर्ने कर्मले माता–पिता, गुरु वर्ग र मातृभूमिको उन्नयनमा टेवा पु¥याउनुपर्छ,” भन्दै उनले प्रतियोगिता खेलकुदसँगै पर्यटन र अर्थतन्त्रसँग जोडिने भएकाले यसलाई बृहत् आयामबाट हेर्नुपर्नेमा जोड दिए ।
पुुम्दीकोट कोट विकास समितिका अध्यक्ष तथा उद्योगी चन्द्रकान्त बरालले अघिल्लो संस्करणका कमजोरी सच्याउँदै यसपटकको प्रतियोगिता थप भव्य र व्यवस्थित हुने विश्वास व्यक्त गरे । पुम्दी र भुम्दी क्षेत्र आफैँमा पर्यटकीय सम्भावना बोकेका स्थान भए तापनि पर्वतीय दौडजस्ता कार्यक्रम अन्य गन्तव्यहरूको प्रवद्र्धनमा सहयोगी हुने बताए ।
विश्व शान्ति स्तुप समितिका अध्यक्ष अशोक गुरुङले दोस्रो संस्करणलाई उत्कृष्ट बनाउन समिति सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । समितिका सचिव दुर्गाबहादुर गुरुङले यस वर्ष प्रतियोगितालाई उत्सवकै रूपमा लिएर सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा युवा परिषद्का अध्यक्ष दिनेश बरालले प्रतियोगिताका लागि आवश्यक स्वयंसेवक परिचालनको सम्पूर्ण व्यवस्थापन गर्ने जानकारी दिए ।
कार्यक्रम संयोजक दीननाथ बरालले अघिल्लो संस्करणको अनुभवलाई आधार बनाएर यसपटक प्रतियोगितालाई थप व्यवस्थित र पुरस्कार पक्षलाईसमेत प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिए ।
पोखरा क्लिकको आयोजनामा हुने पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य र अफिसियल मिडिया पार्टनरमा सिटीवान टेलिभिजन रहेका छन् ।
प्रतियोगिताले स्थानीय प्रतिभाको प्रोत्साहनसँगै समग्र खेलसँग पर्यटन प्रवद्र्धनलाई जोडेर सामुदायिक एकता र आर्थिक समृद्धिका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले बताए ।
विश्व पर्यटन दिवसको अवसरमा उक्त प्रतियोगिता हुने भएकोे हो । प्रतियोगिताका लागि आगामी भदौं पहिलो सातादेखि अनलाइन फर्ममार्फत् धावकले नाम रजिष्ट्रर गर्न सक्ने व्यवस्थापक सागर सुनारले जानकारी दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19050, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत








