साउथवेस्टर्न स्टेट कलेजद्वारा चेस प्रतियोगिता आयोजना

काठमाडौं, २३ साउन । साउथवेस्टर्न स्टेट कलेज, बसुन्धराको आयोजनामा प्रथम साउथवेस्टर्न स्टेट कलेज चेस प्रतियोगिता हुने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै साउन २७ र २८ गते कार्यक्रम गर्न लागिएको जानकारी गराइएको हो । दुई दिनसम्म चल्ने यो प्रतियोगिता नेपालको चेस इतिहासमै सबैभन्दा ठूलो कलेजस्तरीय आयोजनामध्ये एक मानिएको छ ।
प्रतियोगितामा १ लाख ४२ हजार नगद पुरस्कार, उच्चस्तरीय व्यवस्थापन, काठमाडौँ उपत्यका बाहिरबाट आउनेहरूको बसोबास, सुरक्षा र सम्पूर्ण व्यवस्थाको लागि कलेज व्यवस्थापनले विशेष तयारीसहित झन्डै ७ लाख रुपैयाँभन्दा बढीको लगानी गरेको बताइएको छ ।
प्रतियोगितामा भाग लिन दर्ता शुल्क एक हजार तोकिएको छ । सहभागी हुन चाहनेले साउन २५ गतेसम्म नाम दर्ता गराउन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार, अन्य स्थान र महिला खेलाडीहरूका लागि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा टोखा नगरपालिकाको सहयोग उल्लेखनीय रहेको आयोजक संस्थाले बताएका छ । नगरप्रमुख प्रकाश अधिकारी, वडा नं. ५ का अध्यक्ष मदन गुरुङ र वडा नं.७ का अध्यक्ष नरोत्तम राणाको सक्रिय भूमिकाले कार्यक्रमको व्यवस्थापन र सफलतामा योगदान दिएको आयोजकको भनाइ छ ।
चेसको माध्यमबाट शैक्षिक संस्था र विद्यार्थीबीचको नेटवर्क विस्तार, प्रतिस्पर्धा र सहकार्यको सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









