बागमती प्रदेश सरकारले साउन २७ गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाको साउन २७ गते अपराह्न ४ः०० बजे बस्ने बैठकमा सरकारको तर्फबाट विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री बानियाँले प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न आवश्यक व्यवस्था मिलाइदिनुहुन भनी प्रदेशसभा सचिवालयमा आज सूचना दर्ता गराउनुभएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले प्रदेशसभाका एक सय १० जना सदस्यलाई साउन २७ गते बस्ने बैठकमा उपस्थित हुन सूचना पठाइसकिएको पनि उल्लेख गर्नुभयो । गत साउन १८ गतेदेखि लागू हुनेगरी बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई राजीनामा पेस गर्नुभएको थियो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई प्रदेशसभाको बहुमत ६४ जना सदस्यको समर्थन प्राप्त गरी गत साउन २० गते प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गर्नु भई उहाँकै अध्यक्षतामा नौ सदस्य मन्त्रिपरिषद् गठन गरिएको थियो । नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट मुख्यमन्त्रीमा बानियाँ नियुक्त हुनुभएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








