कैलाली कारागार घटनाको छानबिनका लागि ५ सदस्यीय समिति गठन

कैलाली- जिल्ला सुरक्षा समितिले कैलाली कारागार घटनाको छानबिनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । आज प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक राजकुमार सिह, शसस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहनुभएको छ ।समितिलाई १० भित्र आवश्यक छानबिन विधिको प्रयोग गरी प्रतिवेशन बुझाउन समय सीमा तोकिएको छ ।
कैलाली कारागारमा कैदीबन्दीका दुई समुहबीच झडप हुँदा धनगढी उप महानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाईते भएका छन ।
मृत्युको घटनापछि कैलाली कारागार कैदीहरुले कब्जामा लिएको बताईएको छ । गएराती झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा प्रहरी जान सकेका छैनन । कैदीहरु आक्रोसित भएको हुनाले थप घटना नहोस भनेर कारागारभित्र पस्न नसकेको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताउनुभयो ।अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ आश्विन ३०, बिहीबार ०६:०८नेपालसँग ओमान पराजित « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन २९, बुधबार २२:३०पेट्रोलको मूल्य घट्यो
समाचार२०८२ आश्विन २९, बुधबार १९:४७नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट
समाचार२०८२ आश्विन २९, बुधबार १७:५३धादिङमा भूमि समस्या समाधान आयोग पुनःस्थापनाको माग