नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई

काठमाडौँ- नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।
विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।”
भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।
यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै यो शुभकामना दिनुभएको हो।।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान








