जापानमा भालुको आतंक बढेपछि सेना परिचालन !

जीवन सुवेदी / टोकियो ।
जापानको अकिता प्रिफेक्चरमा भालु आतंक नियन्त्रण गर्न सरकारले सेना नै परिचालन गर्नुपरेको छ । करिब ८० हजार जनसंख्या रहेको अकिता प्रिफेक्चरमा पछिल्लो समयमा भालुको आक्रमण बढेको छ ।
गत वर्षमात्रै भालुका आक्रमणबाट ५० जनाभन्दा बढी घाइते भएका थिए भने दुई जनाको मृत्यु भएको थियो ।
फोहोर फाल्न निस्किएकी ७३ वर्षीया महिला र अर्का ३८ वर्षीय पुरुषको भालुको आक्रमणबाट मृत्यु भएको हो । भालुको आक्रमणबाट कृषकदेखि रिसोर्टका कर्मचारी समेत घाइते हुन पुगेका छन् ।
यसरी भालुले लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि अकिता प्रान्तका गभर्नर केन्ता सुजुकीले गत साता टोकियो पुगेर केन्द्र सरकारलाई भालु आतंक नियन्त्रणमा सहयोग मागेका थिए ।
जापान सरकारले सिकारीलाई तालिम दिएर भालु नियन्त्रण गर्न खोजे पनि सफल नभएपछि अन्ततः सेना परिचालनको निर्णय गर्नुपरेको हो ।
जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले भालु आतंक नियन्त्रणका लागि सेना परिचालन भएको जनाएका छन् ।
भालुको प्राकृतिक खानामा कमी आएको तथा जापानको जनसंख्या निरन्तर घटिरहँदा बस्ती समेत पातलिएका कारण मानव बस्तीमा भालुको आतंक बढेको जनाइएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19957, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १९, मंगलवार १९:१५पोखराको न्युरोडमा दुवै साइड पार्किङ हुनुपर्ने माग गर्दै व्यवसायीको ध्यानाकर्षण
समाचार२०८२ कार्तिक १८, सोमबार २३:१८समाजमा प्रेरणा बन्दै असहाय बाल उपकार संघ
समाचार२०८२ कार्तिक १७, आईतवार १५:०८‘मायामा मायामा’ गीत सार्वजनिक : पोखराबाट बनेको प्रेमिल कथा
समाचार२०८२ कार्तिक १७, आईतवार १३:०६जापानमा भालुको आतंक बढेपछि सेना परिचालन !






