लायन्स द्वारा मधुमेह निवारणका लागि सचेतना कार्यक्रम सम्पन्न

पोखरा । मधुमेह निवारण तथा नियन्त्रणका उद्देश्यले लायन्स क्लब अफ पोखरा डेस्टिनेसन र गण्डकी बहुप्राविधिक शिक्षालयको संयुक्त आयोजनामा संचालित “मधुमेह निवारण सचेतना कार्यक्रम” सम्पन्न भएको छ।
क्लबका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रम लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ एम नेपालका क्याबिनेट सेक्रेटरी जगन्नाथ तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।
कार्यक्रममा मधुमेह नियन्त्रण तथा स्वस्थ जीवनशैली सम्बन्धी विषयमा प्रा.डा. सरस्वती न्यौपाने शर्माले विस्तृत सहजीकरण गरेका थिए ।
प्रा.डा. शर्माका अनुसार विश्वभर करिब १.३ मिलियन मानिसले हरेक वर्ष मधुमेहका कारण ज्यान गुमाइरहेको तथ्यले मधुमेह कति तीव्र गतिमा बढिरहेको छ भन्ने संकेत गर्छ। मधुमेहप्रति जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले नोभेम्बर १४ लाई विश्वभर विश्व मधुमेह दिवसका रूपमा मनाइँदै आइएको छ ।
कार्यक्रममा डिस्ट्रीक जिएलटी को–अर्डिनेटर लक्ष्मण तिमिल्सिना, गण्डकी बहुप्राविधिक शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारी, डिस्ट्रीक्ट चिफ सन्तोष शर्मालगायतका वक्ताहरूले मधुमेहको रोकथाम, जोखिम कम गर्ने उपाय, खानपान र जीवनशैली सुधारका विषयमा आफ्नो धारणा राखेका थिए।
सहभागीहरूलाई मधुमेहका लक्षण, जाँच विधि, नियमित स्वास्थ्य परीक्षणको महत्व तथा समुदायस्तरमा अपनाउन सकिने व्यवहारिक उपायहरूबारे जानकारी गराइएको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20110, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २१, शनिबार १५:१७१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
समाचार२०८२ चैत्र २०, शुक्रबार ०६:१३पोखरा स्पोर्टस् अवार्डमा गुरुङ गहना घरको स्कुटर प्रायोजन
समाचार२०८२ चैत्र १९, बिहीबार १६:१२सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप
समाचार२०८२ चैत्र १९, बिहीबार १२:४६लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया







