दोस्रो सातामामा ‘अभिमन्यु च्याप्टर १’

काठमाडौं । फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो ।
दोस्रो सातामा प्रवेश गरे पनि शो भने धेरै छैन । तर, पाएका शोमा भने दर्शकको अकुपेन्सी राम्रो रहेको छ । त्यसैले ठाउँ-ठाउँबाट दर्शकले निर्माण टिमका सदस्यलाई सिनेमा हेर्न पाइएन, शो छैन, शो चाहियो भन्दै सामाजिक सञ्जालमा मेन्सन गरिरहेका छन् ।
पब्लिक रिभ्यू र समीक्षक दुवैको रिभ्यु राम्रो आएपछि सिनेमा दर्शकले हेर्न खोजिरहेको तर नपाएपछि सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन् ।
निर्माणपक्षले रिभ्यु राम्रो आउँदा र चलचित्र राम्रो छ भनेर सबैले भन्दा पनि अपेक्षा अनुसार शो नहुनु र धेरै दर्शक नहुनुले नयाँ काम र चुनौती किन मोल्ने भन्ने प्रश्न उब्जाएको बताएको छ ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा छन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।
चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘अभिमन्यु ः च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।
शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…








