लायन्स क्लब अफ पोखरा डेस्टिनेशनको दशौँ चार्टड नाइट सम्पन्न

पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेशनको दशौँ चार्टड नाइट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक्ट गभर्नर धनीराम बरालले लायन्स क्लब अफ पोखरा डेस्टिनेशनले सामाजिक सेवाको क्षेत्रमा आफूलाई अब्बल सावित गरेको बताए ।
उनले सामाजिक विकासमा क्लबले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै लायन्स क्लबको यात्रालाई गर्विलो इतिहासका रूपमा स्थापित गर्ने गरी काम भइरहेको उल्लेख गरे । उनका अनुसार यस्ता सक्रिय क्लबहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्याइरहेका छन् ।
क्लबका अध्यक्ष लायन राजु पौडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा डिस्ट्रिक्ट फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर विष्णु बराल अर्याल, डिस्ट्रिक्ट ३२५ एमका इमिडेट पास्ट गभर्नर लायन चण्डीप्रसाद अर्याल, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर किशोर बराल, डिस्ट्रिक्ट सेक्रेटरी लायन जगन्नाथ तिमिल्सिना, चिफ एडभाइजर किशोर बराल, जिएसटी कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना तथा चिफ एडमिनिस्ट्रेटर शिवराज आचार्यको उपस्थिति रहेको थियो ।

त्यसैगरी Co–Chief Advisor डा. टेकनारायण पौडेल, GLT Coordinator लक्ष्मण तिमिल्सिना, District Advisor डा. अमर नागिला, District Chief DG to Club Visit Co-Ordinator भानुभक्त अधिकारी, Cluster–1 Chief देवी तिमिल्सिना, Region Chairperson जगत मोहन गिरीलगायतको सहभागिता थियो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष रामप्रसाद तिमिल्सिना, सन्तोष शर्मा तिमिल्सिनासहित पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
दशौँ चार्टड नाइट कार्यक्रमले क्लबको उपलब्धि, निरन्तरता र सेवामूलक यात्रालाई थप मजबुत बनाएको सहभागीहरूको भनाई थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20254, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ७, सोमबार १४:५९गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ बैशाख ६, आईतवार २२:२९नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको तयारी
समाचार२०८३ बैशाख ६, आईतवार १३:०३लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने १६ महिला नियन्त्रणमा
समाचार२०८३ बैशाख ६, आईतवार १२:४६बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ हुने, बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास







