१४ औं पोखरा महोत्सवको मुख्य प्रायोजक बेटर

पोखरा ।
विद्युतीय सामाग्री उत्पादक कम्पनी बेटरले १४ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजन गर्ने भएको छ । बिगत ४ वर्षदेखि पोखरा महोत्सवको मुख्य प्रायोजन गर्दै आएको बेटरले १४ औं संस्करणको पोखरा महोत्सवमा समेत मुख्य प्रायोजकलाई निरन्तरता दिएको हो ।
महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको युनाईटेड क्लबले आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना गर्दै छ ।
पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.का डाइरेक्टर सन्नी रौनियार र महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा बीच महोत्सवको मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीजका डाइरेक्टर सन्नी रौनियारले पोखरामा रही नेपालभर सामाजिक काममा अगाडी बढिरहेको युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा चौथो पटक सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।
बेटरलाई जनताहरुले मन पराइरहेको सन्दर्भमा सामाजिक काममा छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा सहकार्य गर्नु आफैमा गर्वको कुरा रहेको उनको भनाइ रहेको थियो ।
पोखरा नयाँबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीजले आफ्नो उत्पादन बेटर ब्राण्डको इलेक्ट्रिक र किचनका सामाग्रीहरु बिक्री गर्दै आइहरहेको छ ।
युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले १४ औं संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीज संग सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै सहयोगी मनहरुकै कारण पोखरा महोत्सव स्थापित भएको र महोत्सवकै आम्दानीबाट युनाईटेड क्लबले सामाजिक कामलाई अगाडी बढाएको बताए ।
सो अवसरमा युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20258, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ७, सोमबार १४:५९गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ बैशाख ६, आईतवार २२:२९नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको तयारी
समाचार२०८३ बैशाख ६, आईतवार १३:०३लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने १६ महिला नियन्त्रणमा
समाचार२०८३ बैशाख ६, आईतवार १२:४६बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ हुने, बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास







