नेपाली सिनेमामा दुई नयाँ कथाको आगमन, ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक घोषणा

काठमाडौँ। “समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन” भन्ने उक्ति अब रुपेरी पर्दामा जीवन पाउने तयारीमा छ। लामो समयदेखि मनभित्र साँचेर राखिएको सिनेमा निर्माणको सपना अन्ततः यथार्थमा परिणत हुँदैछ। रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक संसार बोकेका नेपाली चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक रूपमा सार्वजनिक भएका छन्।
लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको सशक्त टिमअपबाट निर्माण हुन लागेका यी चलचित्रहरूले नेपाली सिनेमामा नयाँ ऊर्जा, नयाँ सोच र फरक प्रस्तुति ल्याउने अपेक्षा गरिएको छ। दुवै चलचित्र आगामी वर्ष २०८३ मा दर्शकमाझ ल्याउने तयारीमा निर्माण पक्ष जुटेको छ।
माघ १ गते टिजर सार्वजनिक गर्दै औपचारिक रूपमा चलचित्रको सुरुवात गर्ने तयारी भए पनि केही अपरिहार्य कारणवश टिजर रिलिज हुन सकेन। तर, रघुजी फिल्म्सले टिजरको प्रतीक्षामा रहेका दर्शकहरूलाई पोस्टरमार्फत पहिलो झलक दिँदै चलचित्रको आधिकारिक घोषणा गरेको छ, जसले फिल्मप्रेमीहरूबीच उत्सुकता झनै बढाएको छ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेका दुई चलचित्रमध्ये ‘कालकट्टी’ छायांकनतर्फ अघि बढ्ने तयारीमा छ। चलचित्रको छायांकन माघ महिनाको अन्त्यतिर सुरु हुने बताइएको छ। कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया हाल तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ।
चलचित्र ‘कालकट्टी’ का निर्माता रघुनाथ सापकोटा हुन् भने कथा, पटकथा, संवाद तथा निर्देशनको सम्पूर्ण जिम्मेवारी अमरदीप सापकोटाले सम्हालेका छन्। छायांकनको जिम्मा निसाल पौडेलको काँधमा रहनेछ भने संगीतकार भीम बिष्टले चलचित्रका भावनालाई संगीतमा उतार्नेछन्।
चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको छ, जसले चलचित्रको बजार विस्तार र पहुँचलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रेमीहरूबीच ‘कालकट्टी’ ले कस्तो कथा, कस्तो द्वन्द्व र कस्तो सिनेम्याटिक अनुभव लिएर आउने हो भन्ने चासो बढ्दै गएको छ। निर्माण टिमले छिट्टै टिजर तथा थप विवरण सार्वजनिक गर्ने बताएको छ । ‘कालकट्टी’ को छायांकन सकेर रिलिजको तयारी संगै ‘काकाको बिहे’ को छायांकन सुरु हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार १४:२७विश्वमेध महायज्ञको तयारी अन्तिम चरणमा
कला, विचार/मनोरञ्जन२०८२ माघ २०, सोमबार ११:१९पूर्वी नेपालमा ‘कुमारी’मय माहौल: केहरको गीत र अबिषेक र आकृतिको नृत्यमा झुम्यो पूर्व, गृह नगरमा भावुक बने अबिषेक
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २०, सोमबार १०:५०अधिकांशमा आँखाको समस्या « रिपोर्टर्स नेपाल
खेलकुद२०८२ माघ २०, सोमबार ०८:१७पाकिस्तानले भारतसँग टी–२० विश्वकप नखेल्ने








