दशौँ धादिङ महोत्सव जारी, शनिबार यी कलाकार आउँदै

धादिङबेशी । धादिङ जिल्लाको दिगो विकास र आर्थिक सुदृढीकरणलाई केन्द्रमा राख्दै “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ दशौँ धादिङ महोत्सव धादिङबेसी खुल्ला मञ्चमा जारी रहेको छ ।
माघ १५ गतेदेखि सुरु भएको महोत्सव माघ २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा माघ १६ गते बालकुमार श्रेष्ठ, थानेश्वर गौतम, सागर बीसी, कमला घिमिरे, मधु रसायली, हरी सुनार, कमला परियार, सन्जु दुत्रराज र रोस्मित अधिकारी लगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो ।
त्यसैगरी माघ १७ गतेका प्रमुख आकर्षणका रूपमा शान्ति श्री परियार, विष्णु खत्री, मनमाया वाइवा, देव आले, सिता केसी, सञ्जु लामा तथा कार्यक्रम सञ्चालक सितल शर्मा लगायत स्थानिय तथा राष्ट्रिय कलाकारहरु बजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धन गर्दै आर्थिक गतिशीलता बढाउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माण कार्य अघि बढाउन दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको छ । भैरवी मन्दिरको पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै सबै स्थानीय तहका विशेष उत्पादन समेट्ने गरी स्टल व्यवस्थापन गरिएको आयोजकले जानकारी दिएको छ ।
महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, पर्यटन विकास तथा जिल्लाको समग्र आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:४९‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप









