मंगलबारदेखि शुरु हुने २५ ओैं आहा ! रारा पोखरा गोल्ड कपकाे तयारी पूरा, विजेताले १४ लाख पाउने

पाेखरा ।
माेफसलकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको २५ औं संस्करण यही मंगलबारदेखि सुरु हुने भएको छ । सहारा क्लव पाेखराको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगितामा ३ विदेशी सहित १२ टिम सहभागि हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।
खेलकुदको विकसमा सहकार्य गरौं, पोखरालाई खेलकुद शहरको रुपमा स्थापित गरौं भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको यस प्रतियाेगिताकाे उद्घाटन खेलमा आयोजक सहारा क्लव र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब बिच प्रतिष्प्रर्धा हुने क्लवका अध्यक्ष केशव बहादुर थापा मगरले जानकारी दिए ।
उनका अनुसार फागुन ९ गतेसम्म हुने प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब सहभागिता हुनेछ ।
त्यसैगरी जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, फ्रेण्ड्स क्लब, आयोजक सहारा क्लब पोखरा सहित उज्वेकिस्तानको आभा फुटबल क्लब, भारत सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेड र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब पनि सहभागी हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
साथै अनुशासित टिम, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ र भाग्यशाली दर्शकलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने भएको छ ।
यस वर्षको सर्वोत्कृष्ट खेलाडीले टेल्जी इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् । सहारा क्लब पोखराले हरेक वर्ष प्रदान गर्दै आएको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट यस वर्ष राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रिती राई सम्मानित हुने प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले बताए । क्लवका मानार्थ सदस्य खेमबहादुर गुरुङले उक्त पुरस्कारको लागि ५१ हजार प्रायोजन गरेका छन् ।
मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि. (आहा तथा रारा तयारी चाउचाउ) रहेको छ भने प्रतियोगितामा पोखरा महानगरपालिका संरक्षकका रूपमा रहेको छ ।
सन्ध्याकालिन रुपमा अस्थायी फ्लाइटलाइटमा फुटवल प्रतियोगिता हुने भएको महासचिव गंगाराज पौडेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सहारा युकेका अध्यक्ष सारदा गुरुङले ‘म्यान अफ दी म्याच’ ट्रफी क्लब अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरे ।
हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसीले स्व.सूर्य बहादुर केसीले आहा! रारा गोल्डकपसँग जोडेको सम्बन्धलाई निरन्तरता दिँदै खेलकुदसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएको बताए । निर्देशक किरण केसीले आहा! रारा पोखरा गोल्डकपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका रूपमा स्थापित गर्न सहकार्यलाई निरन्तरता दिने उल्लेख गरे ।
पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पोखरामा फुटबल विकासमा सहारा क्लबले उदाहरणीय भूमिका खेलेको भन्दै वडाले प्रतियोगितालाई विशेष सहयोग गर्दै आएको बताए ।
यस अवसरमा आहा ! रारा पोखरा गोल्डकपलाई २५ औँ संस्करणसम्म ल्याउन योगदान पु¥याउने २५ जना व्यक्ति तथा संस्थालाई विभिन्न विधामा सम्मान गरिनेछ ।
सम्मानित हुनेहरुमा हिमश्री फुड्स प्रा.लि.का निर्देशक प्रकाश के.सी., किरण के.सी., रोशन के.सी., सहारा क्लवका पूर्व अध्यक्ष विक्रम थापा, खेल पत्रकार अजय फुयाल, प्रकाश तिमिल्सिना, संचारकर्मी दिपेन्द्र श्रेष्ठ, गोर्खा मिडियाका मिलन तमु, दिलिप राई, राष्ट्रिय खेलकुद परिषद छन् ।
यसैगरी अखिल नेपाल फुटबल संघ, समाजसेवी हरिकुमार श्रेष्ठ, प्रकाश शेरचन, खेम बहादुर गुरुङ, टिका बहादुर कार्की, सुनिल कुमार गुरुङ, फेवा सिटी हस्पिटल, देव गुरुङ, पोखरा महानगरपालिका, स्व. हेम बहादुर गुरुङ, स्व. राजमान थकाली, दिपक गुरुङ, कृष्ण गुरुङ र केशवराज बराल रहेका छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20831, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ४, शुक्रबार १८:४५पाेखरामा जुवातास खेल्ने र खेलाउने ९ जना पक्राउ
समाचार२०८३ बैशाख ३, बिहीबार २२:०१पोखरामा अफलाइन पठाओ/इनड्राइभ चलाउने १३ जना पक्राउ
समाचार२०८३ बैशाख ३, बिहीबार २१:०८१० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सर रारा तयारी चाउचाउ
समाचार२०८३ बैशाख ३, बिहीबार १६:३१पोखरामा रोटरी डिष्ट्रिक्ट ३२९२ को १८औँ सम्मेलन शुक्रबारदेखि,१५ सय रोटरियन सहभागी हुने







