२५औं आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइजलाई ३–० ले हराउँदै जावलाखेल सेमीफाइनलमा

२५औं आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइजलाई ३–० ले हराउँदै जावलाखेल सेमीफाइनलमा

पोखरा । जावलाखेल युथ क्लब २५ औं आहा रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइजलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलको पहिलो हाफबाटै जावलाखेलले चर्च ब्वाइजलाई निकै दबाबमा राखेको थियो । गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चर्चब्वाइजन निरिह देखियो ।

धरवेन्दर कुँवरले जावलाखेलका लागि पहिलो गोल गरे । ४८ औं मिनेटमा बल अघि बढाउदा चर्च ब्वाइजका गोलरक्षक अघि बढ्दै रोक्ने प्रयास गर्दा फुत्किएको बलमा उनले गोल गरे

८८ औं मिनेटमा निकोलस ओदाने हामिल्टोनले अग्रता दोब्बर पारे । यस्तै निर्धारित समय सकिएपछि थप गरिएको अतिरिक्त चार मिनेटमा परिवर्तित खेलाडी सुजन गुरुङले गोल गरे ।

उनी ७३ औं मिनेटमा प्रशान्त राजकको स्थानमा मैदान प्रवेश गरेका थिए । जावला खेलले अब सेमीफाइनलमा उज्वेकीतानी टोली आभा र प्लानिङ ब्वाइज युनाइटेडको विजेतासंग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत भोलि मनाङ मस्र्याङ्दी क्लब र थन्डर बोल्ड नर्थ युनाइटेड बीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20887, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   6   =  

Protected by Spam Master