धादिङमा ५८ प्रतिशत मतदान, महिलाको सहभागिता ५७ प्रतिशत

धादिङबेशी । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धादिङ जिल्लामा कुल ५८ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर रहेका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
धादिङ जिल्लामा कुल २ लाख ७५ हजार २८० मतदाता रहेका छन्। जसमध्ये १ लाख ३४ हजार २५९ महिला, १ लाख ४१ हजार १९ पुरुष तथा २ जना अन्य मतदाता रहेका थिए।
मतदान सम्पन्न हुँदा १ लाख ५८ हजार ३८४ मत खसेको तथ्यांक सार्वजनिक गरिएको छ। यसमध्ये महिला मतदाता ७६ हजार ६८०, पुरुष मतदाता ८१ हजार ७०३ र अन्य १ मतदाता सहभागी भएका छन्।
प्रतिशतका आधारमा हेर्दा महिला मतदाताको सहभागिता ५७ प्रतिशत, पुरुष मतदाताको ५८ प्रतिशत तथा अन्य मतदाताको ५० प्रतिशत रहेको छ। समग्रमा जिल्लाको कुल मतदान प्रतिशत ५८ प्रतिशत पुगेको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लाभरका ११४ वटा मतदान केन्द्रमा मतदान सुरु भएर सबै केन्द्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। निर्वाचनका क्रममा कुनै ठूलो अप्रिय घटना नभएको र मतदान प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न भएको छ।
मतपेटिका सुरक्षित रूपमा संकलन गरी तोकिएको मतगणना स्थलमा पुर्याउने क्रम जारी छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ८, मंगलवार १७:४१पारितोषिका पन्तको परिपक्व प्रस्तुति – ‘पहिलो हाँसो, पहिलो बोली’
समाचार२०८३ बैशाख ८, मंगलवार १६:३५अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
समाचार२०८३ बैशाख ८, मंगलवार १४:२५क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ
खेलकुद२०८३ बैशाख ८, मंगलवार १०:३७लगातार चार खेल हारेको मुम्बई ९९ रनले विजयी







