निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म रास्वपाका ७० स्थानमा, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी छ/छ स्थानमा अगाडि छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी तथा स्वतन्त्र उम्मेदवार एक÷एक स्थानमा अगाडि छन् । यसैगरी हालसम्म रास्वपा र कांग्रेसका एक/एक जना उम्मेदवार विजयी भएका छन् । रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी हुनुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ८, मंगलवार १७:४१पारितोषिका पन्तको परिपक्व प्रस्तुति – ‘पहिलो हाँसो, पहिलो बोली’
समाचार२०८३ बैशाख ८, मंगलवार १६:३५अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
समाचार२०८३ बैशाख ८, मंगलवार १४:२५क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ
खेलकुद२०८३ बैशाख ८, मंगलवार १०:३७लगातार चार खेल हारेको मुम्बई ९९ रनले विजयी







