‘मितज्यू’ को ‘गैराघरे काँइली’ गीत सार्वजनिक, दयाहाङ,सौगात र तेरियाको छमछमी

काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’मा समावेश पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार उक्त गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको आकर्षक नृत्य देख्न सकिन्छ। लोकलयमा आधारित गीतमा तीनै कलाकारको प्रस्तुति निकै सुहाउँदो र जीवन्त देखिएको छ।
गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत पनि मल्लकै रहेको छ। गीतको एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन्। कोरियोग्राफी मिङ्मा डी लेप्चाले गरेका छन्, जसले कलाकारको नृत्यलाई अझ प्रभावशाली बनाएको छ।
निर्माण पक्षले गीतलाई दर्शक तथा स्रोतामाझ अत्यधिक रुचाइने विश्वास व्यक्त गरेको छ। फिल्मका निर्माता जनक घर्ती मगरका अनुसार फिल्मको कथाले मागेअनुसार नै गीत समावेश गरिएको हो। उनले भने, “हामीले कथाको आवश्यकताअनुसार गीत राखेका छौँ, यसमा कुनै सम्झौता गरेका छैनौँ। दर्शकले पनि यसलाई मन पराउनुहुनेछ भन्नेमा विश्वस्त छौँ।”
ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिमा आधारित सामाजिक कथावस्तु बोकेको यस फिल्मको निर्देशन अनिल बुढा मगरले गरेका हुन् भने निर्माण जनक घर्ती मगरले गरेका छन्।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको अभिनय रहेको छ। यो फिल्म तेरिया मगरको डेब्यु फिल्म हो।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मका सम्पादक लोकेश बज्राचार्य र छायाँकार शिशिर बिशंखे हुन्। द्वन्द्व निर्देशन प्रभात विष्टले गरेका छन् भने साउन्ड डिजाइन नवीन श्रेष्ठको रहेको छ।
फिल्मका गीतमा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ भने स्वरमा मल्लसँगै मेलिना राई र लक्ष्मी मल्लले साथ दिएका छन्। आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ११:०६अर्घाखाँचीमा अत्याधुनिक चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा
समाचार२०८३ आश्विन १०, शनिबार ०९:३५पृथ्वी राजमार्गको धादिङ खण्डमा आठ स्थानमा अवरोध
समाचार२०८३ आश्विन १०, शनिबार ०६:१९आजका लागि विदेशी मुद्राको विनिमयदर
समाचार२०८३ आश्विन ९, शुक्रबार १९:१७अन्तर्राष्ट्रिय धादिङ समाजको विधान संशोधन समितिको संयोजकमा अधिवक्ता दिनेश दुवाडी









