भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत चिनियाँ फिल्म ‘स्नो लियोपार्ड’ दर्शकमाझ प्रस्तुत गरिएको छ। पेमा छेडनको निर्देशनमा बनेको यो फिल्म यसअघि ‘भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा प्रिमियर भइसकेको हो।

तिब्बती गोठालाहरूको जीवनशैली र मानव–प्रकृतिबीचको सम्बन्धलाई केन्द्रमा राखेर बनेको यस फिल्मले अन्तर्राष्ट्रिय स्तरमै चर्चा बटुलेको थियो। निफ अन्तर्गत ‘सिजाङ पानोरमा’ शीर्षकको विशेष खण्डमा यसलाई प्रदर्शन गरिएको हो।

शनिबार ‘सिजाङ पानोरमा’ अन्तर्गत ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ र ‘सनराइज ओभर द प्लेटो’ समेत प्रदर्शन गरिए। यी फिल्महरू नेपाल पर्यटन बोर्डस्थित हलमा देखाइएका हुन्।

गुओ यिफी निर्देशित ‘होम अवे होम क्लोज’ले दुर्गम क्षेत्रमा बसोबास गर्ने गोठालाहरूका लागि ‘मोबाइल फोटो स्टुडियो’ सञ्चालन गर्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ। त्यस्तै, ज्याक मालाटेरे को ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ले शिक्षा क्षेत्रका चुनौतीहरूलाई उजागर गरेको छ भने सियाओ सियाओवाई निर्देशित ‘सनराइज ओभर द प्लेटो’ले सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणको कथा प्रस्तुत गर्छ।

यसै खण्ड अन्तर्गत आइतबार ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजाङ २०२६’ पनि प्रदर्शन गरिनेछ। ‘सिजाङ पानोरमा’ निफको प्रतिस्पर्धाबाहिरको विशेष प्रदर्शनी कार्यक्रम हो।

त्यसैगरी, शनिबार निफका प्रतिस्पर्धात्मक फिल्महरू सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा प्रदर्शन भए। साथै, निफ फिचर पिच कार्यक्रममार्फत नयाँ तथा युवा सर्जकहरूले आफ्ना कथाहरू निर्माता समक्ष प्रस्तुत गर्ने अवसर पाएका थिए।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   9   =  

Protected by Spam Master