‘जदौ’ भदौ १२ मा प्रदर्शनमा आउने

‘जदौ’ भदौ १२ मा प्रदर्शनमा आउने

काठमाडौं। नेपाली नयाँ वर्ष ०८३ को अवसर पारेर चलचित्र ‘जदौ’ को आकर्षक नयाँ पोस्टर सार्वजनिक गर्दै यसको प्रदर्शन मिति घोषणा गरिएको छ। अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा तयार भएको यो फिल्म आगामी भदौ १२ गतेबाट देशभर प्रदर्शनमा आउने भएको हो।

सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘जदौ’को सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू मुकुन भुसाल, रिचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापा फरक–फरक भावभंगिमामा देखिएका छन्, जसले कथाको भावनात्मक आयामलाई संकेत गर्छ।

अन्तरजातीय प्रेमसम्बन्धको विषयवस्तुमा आधारित फिल्मका सह-निर्माताहरूमा रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी रहेका छन्। श्याम तामाङको छायांकन रहेको फिल्मको कथा तथा पटकथा निर्देशक काजी लिम्बुले नै तयार पारेका हुन्।

फिल्ममा सिपी पुडासैनी (धतुरे), बिनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, खड्गबहादुर पुन (खबपु), विशाल पहाडी, सुन्दर धिताल र नरेश पौडेललगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत समावेश छ।

पोस्टर सार्वजनिक भएसँगै ‘जदौ’प्रति दर्शकको उत्सुकता सामाजिक सञ्जालमा उल्लेखनीय रूपमा बढेको देखिन्छ। निर्माण टिमले छिट्टै ट्रेलर तथा अन्य प्रचार सामग्री सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। फिल्मको वितरण एनसीजीएनले गर्नेछ भने हाई टेक इन्टरटेन्मेन्ट डिजिटल पार्टनरका रूपमा जोडिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   1   =  

Protected by Spam Master