चलचित्र ‘चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री

चलचित्र ‘चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री

काठमाडौं । कुमार कट्टेल र दीपकप्रसाद आचार्यको नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आशीर्वादलाई चलचित्रको मुख्य भूमिकाका लागि भित्र्याएको जानकारी दिएको छ ।

यसअघि नै मोडल तथा चर्चित इन्फ्लुएन्सर प्रशंसा रायमाझी यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्ने घोषणा भइसकेको छ । गत आइतबार निर्माण टिमले एक पोस्टरमार्फत प्रशंसालाई फिल्ममा स्वागत गरेको जानकारी दिएको थियो । दीपकप्रसाद आचार्यको निर्देशन रहने यस चलचित्रको कथा कुमार कट्टेलले तयार पारेका हुन् । चलचित्रको लेखनमा सविन अधिकारी र बसन्त न्यौपाने रहेका छन् ।

सामाजिक ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भवः’ ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ । लेखक कुमार कट्टेलका अनुसार फिल्मको कथा अहिलेकै समयको परिवेशमा आधारित छ ।

उमेश कुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा कुमार कट्टेल र शैलेश खत्री छन् । ‘चिरञ्जीवी भवः’ दीपकप्रसाद आचार्यको दोस्रो निर्देशकीय सिनेमा हुनेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   9   =  

Protected by Spam Master