सञ्चारिका समूह गण्डकीको नयाँ कार्यसमितिकाे पदस्थापन

सञ्चारिका समूह गण्डकीको नयाँ कार्यसमितिकाे पदस्थापन

‎पोखरा ।

सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । गत चैत ३० गते सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै केन्द्रीय सदस्य तारा चापागाईंले सञ्चारिका समूहलाई नेपालकै नमुना संस्था बनाउने गरी सक्षम र सक्रिय कार्यसमिति गठन भएको बताइन् ।

‎उनले नयाँ नेतृत्वले नयाँ सोच, जोश र जाँगरका साथ महिला सञ्चारकर्मीहरूको हक–हितका लागि प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरिन् । साथै, सञ्चार क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिका अझ सुदृढ बनाउन सञ्चारिकाले महत्वपूर्ण योगदान दिनुपर्नेमा उनले जोड दिइन् ।

‎त्यसैगरी निर्वाचन समितिका संयोजक हुम गुरुङले सञ्चारिका समूह रहरले नभई आवश्यकताले स्थापना भएको संस्था भएको उल्लेख गर्दै समान हैसियत, अवसर र अधिकारका लागि महिलाहरू संगठित हुनु आवश्यक रहेको बताए । उनले एकताबद्ध भएर अघि बढे मात्र उदाहरणीय र उपलब्धिमूलक कार्य गर्न सकिने धारणा राखे ।

निर्वाचन समितिका सदस्य अधिवक्ता भुवन पराजुलीले संस्थागत सुशासन र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याइन् ।

‎नयाँ कार्यसमितिमा अध्यक्षमा राधिका कँडेल, उपाध्यक्षमा कञ्चन थापा कोइराला र महासचिवमा उमा आले मगर निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा अनिता घिमिरे र कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) चयन भएका छन्। सदस्यहरूमा शोभा नेपाल, सपना अधिकारी, रोजी श्रेष्ठ, रिना थापा, देविका तामाङ र बिना थापा मगर रहेका छन् ।

महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो । नव–निर्वाचित नेतृत्वले महिला सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा, समान अवसर र नेतृत्व विकासमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ । साथै, सञ्चार क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन गर्दै समावेशी र सशक्त समाज निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेकाे छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21434, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   4   =  

Protected by Spam Master