धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आज सार्वजनिक बिदा

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आज सार्वजनिक बिदा

धादिङबेशी,१ जेठ । त्रिपुरासुन्दरी गाउँपालिकाले नृसिंहधाम पुरुषोत्तम महामहोत्सवको अवसरमा आज जेठ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिका अन्तर्गत पर्ने बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगमस्थल नृसिंहधाम मा सञ्चालन हुन लागेको ऐतिहासिक “नृसिंहधाम पुरुषोत्तम महामहोत्सव मेला–२०८३” को अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
आज शुक्रबार गाउँपालिका मातहतका सरकारी कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय, गैरसरकारी संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकास्तरीय निर्णयअनुसार सेवा तथा बिदासम्बन्धी जानकारीका लागि सूचना प्रकाशित गरिएको पनि जनाइएको छ । नृसिंहधाममा जेठ १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने महामहोत्सवमा धार्मिक कथा प्रवचन, पूजाआजा, भजनकीर्तन तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने तयारी गरिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   8   =