कोलकत्तामा पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्दै नाट्टा गण्डकी

पोखरा । नाट्टा गण्डकी प्रदेशले भारतको कोलकत्तामा पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्ने भएको छ। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले यहि जेठ २८ गतेदेखि असार १ गतेसम्म भारतको पश्चिम बंगालस्थित कोलकत्तामा ‘पोखरा–नेपाल प्रमोसनल क्याम्पेन तथा बीटुबि सेल्स मिसन’ आयोजना गर्ने बुधबार आयाेजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएकाे छ।
संस्थाले पोखरा, गण्डकी प्रदेश तथा समग्र नेपालको पर्यटन प्रवर्द्धन, बजार विस्तार तथा विदेशी पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्न लागेको हो।
नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले संस्थाले विगतदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनात्मक अवलोकन भ्रमण, सेल्स मिसन तथा विभिन्न अभियान सञ्चालन गर्दै आएको बताए । यसअघि भारतका पटना, वाराणसी, अयोध्या, गोरखपुर र सिलिगुडी लगायतका सहरमा सम्पन्न कार्यक्रमले भारतीय पर्यटक आगमनमा सकारात्मक प्रभाव पारेको दाबी गरिएको छ।
हाल राजनीतिक घटनाक्रम तथा प्राकृतिक विपद्का कारण पोखरा क्षेत्रको पर्यटन सुस्ताइरहेको अवस्थामा भारत र चीन प्रमुख स्रोत बजार भएकाले भारतीय बजारमा लक्षित प्रवर्द्धनात्मक कार्यक्रमलाई निरन्तरता दिन लागिएको नाट्टाले जनाएको छ।
कोलकत्तामा हुने कार्यक्रममा नाट्टा गण्डकीका पदाधिकारी, पर्यटन व्यवसायी, पत्रकार तथा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूको सहभागिता रहनेछ। कार्यक्रममा पोखरा र नेपालको पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन, प्रवर्द्धनात्मक सामग्री वितरण तथा बीटुबि (B2B) अन्तरक्रिया गरिने अध्यक्ष दाहालले जानकारी दिए ।
त्यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्भावनाबारे सम्बन्धित निकायसँग छलफल गरिनेछ। साथै कोलकत्ताका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन भ्रमणसमेत गरिने कार्यक्रम रहेको छ।
नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालको नेतृत्वमा २१ सदस्यीय टोली सहभागी हुने जनाएको छ। संस्थाले यस्ता अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक अभियानमार्फत पोखरा र नेपालको पर्यटनलाई विश्व बजारमा थप प्रभावकारी रूपमा स्थापित गर्दै विदेशी पर्यटक आगमन वृद्धि गर्ने अपेक्षा गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21827, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ८, शुक्रबार २२:३२समाचार लेखेकै भरमा पत्रकार सुमन ढुंगानालाई धम्की, प्रेस चौतारी कास्कीको कडा आपत्ति
समाचार२०८३ श्रावण ८, शुक्रबार ०६:२७गण्डकीका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री काकीको १०० दिने उपलब्धि सार्वजनिक
समाचार२०८३ श्रावण ६, बुधबार २१:२१पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन
समाचार२०८३ श्रावण ६, बुधबार १३:४५विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड







