धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना

धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना

धादिङबेशी,२७ जेष्ठ । धादिङका पत्रकारहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा, सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेजको माग गर्दै जिल्ला प्रशासन कार्यालय धादिङको मुल गेटमा धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रको बिरोध कार्यक्रम अन्तरर्गत धादिङ शाखाको अगुवाईमा धादिङका पत्रकारहरुले आज बिहान ११ बजे देखि १२ बजे सम्म सांकेतिक रुपमा धर्नामा बसी बिरोधमा उत्रेका हुन् ।

सो समारोहलाई सम्बोधन गर्दै धादिङ शाखाका सभापती सिताराम अधिकारीले तत्काल निर्णय सच्याउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा महासंघले थप शशक्त आन्दोलन गर्ने बताउनु भयो ।

त्यसैगरि सोही धर्ना कार्यक्रममा वोल्दै पुर्व सभापती राजाराम शर्माले मिडिया हाउस नै नरहे पत्रकार नहुने र पत्रकार नहुँदा जनविनका मुद्धा,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पुग्ने भन्दै आगामी दिनमा एकजुट भई आन्दोलनमा होमिनुको बिकल्प नभएको बताउनु भयो । आज धादिङका पत्रकारहरुले क्यामेराहरु भुईमा राखी धर्नामा बसेका थिए ।

महासंघले पुन २९ गते प्रशासनमा धर्ना दिने बिरोधको कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   8   =