नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

धादिङबेशी,४ असार । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सुशासनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभामा अध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकालाई क्रमशः सडक सञ्जाल, कृषि उत्पादन, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवामा आत्मनिर्भर बनाउने लक्ष्य अघि सार्नुभएको हो ।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका मुख्य सडकहरूलाई क्रमशः कालोपत्रे गर्ने, थर्पु–सेमजोङ–मार्पाक सडकलाई प्राथमिकतामा राख्ने, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने तथा योजनाको गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने उल्लेख गरिएको छ। विकास निर्माणलाई दिगो बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रारम्भिक वातावरणीय परीक्षणलाई अनिवार्य गरिने नीति पनि लिइएको छ।
कृषि तथा पशुपालन क्षेत्रतर्फ एक घर एक पक्की टनेल कार्यक्रमलाई निरन्तरता दिइने, तरकारी पकेट विकास कार्यक्रम सञ्चालन गरिने, किसान सूचीकरणलाई थप प्रभावकारी बनाइने तथा गाउँपालिकालाई तरकारी, फलफूल, दुग्धजन्य र मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ। पशु रोग नियन्त्रण, कृत्रिम गर्भाधान सेवा र कृषि प्राविधिकको पहुँच विस्तारलाई समेत प्राथमिकतामा राखिएको छ।
शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम निर्माण, विद्यालय मर्ज प्रक्रिया, विद्यार्थी तथा शिक्षक सम्मान, प्राविधिक शिक्षामा छात्रवृत्ति र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी तथा विद्यालयलाई दुई लाख रुपैयाँसहित सम्मान गरिने व्यवस्था पनि नीति तथा कार्यक्रममा समावेश छ।
स्वास्थ्यतर्फ विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर, टेलिमेडिसिन सेवा, घरमै स्वास्थ्य सेवा, स्वास्थ्य बिमा विस्तार, नवजात शिशुको निःशुल्क उपचार तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। गाउँपालिकाले प्रसूति प्रतिक्षालय सञ्चालन, रेविज खोप सेवा विस्तार र स्वास्थ्य चौकी स्तरोन्नतिलाई समेत प्राथमिकतामा राखेको छ।
गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्षले विगत चार वर्षमा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गर्नु भएको छ । उहाँले सीमित आन्तरिक आम्दानी, संघीय समानीकरण अनुदानमा भएको कमी तथा बढ्दो प्रशासनिक खर्चका कारण विकास बजेटमा दबाब परेको उल्लेख गर्दै उपलब्ध स्रोतको अधिकतम उपयोगमार्फत विकास कार्यलाई निरन्तरता दिइने बताउनु भयो ।
नीति तथा कार्यक्रममा विपद् व्यवस्थापन, पर्यटन प्रवर्द्धन, सहकारी सुदृढीकरण, महिला तथा दलित सशक्तीकरण, रोजगार सिर्जना, डिजिटल सुशासन तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख गरिएको छ।
गाउँ सभाको १९ औँ अधिबेशनमा गाउँपालिकाका उपाध्यक्ष सितामाया चोदेनले आगामी आर्थिक बर्ष २०८३।०८४ को लागी ४० करोड ५० लाख ६६ हजार बजेट बिनियोजन गरिएको बताउनु भएको छ ।प्रस्तुत बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त समानीकरण, राजस्व बाँडफाँड, सशर्त र विशेष अनुदानका साथै आन्तरिक स्रोतलाई मुख्य आयको आधार मानिएको छ। कुल बजेटमध्ये गाउँपालिकाको आन्तरिक आम्दानी अनुमानित ६२ लाख रुपैयाँ हुने अनुमान गरिएको छ। बजेटले भौतिक पूर्वाधारको मजबुत र दिगो विकास, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, पर्यटन र सामाजिक समावेशीकरणलाई मुख्य प्राथमिकतामा राखेको छ।
गाउँपालिकाले आगामी वर्ष नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा स्थानीय समुदायसँग सहकार्यलाई थप सुदृढ बनाउने जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ४, बिहीबार १९:५०नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
कला, विचार/मनोरञ्जन२०८३ असार ४, बिहीबार १०:१०‘आई एम जितबहादुर’को ग्राण्ड प्रिमियर सम्पन्न, चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न







