एन्फाका पूर्वअध्यक्ष शेर्पा रिहा « रिपोर्टर्स नेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा रिहा भएका छन्।
उनलाई काठमाडौँ जिल्ला अदालतले तारेखमा छाडेको हो ।
शेर्पाले हात्तीगौँडामा सञ्चालित टुङ्गराम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर लाभ लिएको आरोप छ।
विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा उनले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो।
विद्यालयका लागी सवारीसाधन खरिद गर्ने रकमबाट उनले आफू सम्बद्ध कम्पनीको नाममा जग्गा र सवारीसाधन खरिद गरेको आरोप छ।
विद्यालयको रकम हिनामिना गरेको भनी सीआईबीमा उजुरी परेको थियो। सीआईबीको टोलीले असार १२ गते उनलाई बुढानीलकण्ठ -६, गणेशचोकबाट पक्राउ गरेको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १७, बुधबार २१:५२भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट
कला, विचार/मनोरञ्जन२०८३ असार १७, बुधबार २१:२५टंकको ‘मन विनाको धन २’ मा विपिन कार्की
समाचार२०८३ असार १७, बुधबार १८:५६लायन्स क्लब अफ धादिङ मण्डलीद्वारा विद्यार्थीलाई कपडा वितरण
कला, विचार/मनोरञ्जन२०८३ असार १७, बुधबार ११:१३छैटौं संस्करणको ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को उत्कृष्ट मनोनयन सार्वजनिक









