‘बा : एक योद्धा’को लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक

काठमाडौं । भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बा : एक योद्धा’को लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको छ।
निर्माण टिमले शुक्रबार गीत सार्वजनिक गरेको हो। गीतमा हरि लम्सालको शब्द तथा संगीत रहेको छ भने समीक्षा अधिकारी र सागर आलेको स्वर सुन्न सकिन्छ।
नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार गरिएको गीतले नेपाली विवाह र उत्सवको झल्को दिन्छ। भिडियोमा एक युवकले युवतीसँग विवाहको प्रस्ताव राखे पनि युवतीले बुबाआमाले रोजेको केटासँग विवाह गर्ने बताएकी छन्।
युवकले सरकारी जागिरको प्रलोभन देखाउँदै विवाहका लागि मनाउने प्रयास गरेपछि युवतीले घमण्डी व्यक्तिसँग विवाह गर्न नसक्ने जवाफ दिन्छिन्। यही प्रसंगसँगै गीत टुंगिन्छ।
डान्सिङ नम्बरका रूपमा तयार गरिएको गीतको भिडियोमा केकी अधिकारी र करण साहको नृत्य देख्न सकिन्छ।
यसअघि फिल्मको शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो, जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बा : एक योद्धा’ कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउँदैछ। नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ।
फिल्ममा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मको कथा तथा पटकथा पनि हरि लम्सालले नै लेखेका हुन्। फिल्मका निर्माता वसन्त लम्साल, कार्यकारी निर्माता अनिल बुढाथोकी, सह–निर्माता कृष्ण काफ्ले तथा लाइन प्रोड्युसर अर्जुन पौडेल हुन्।
शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्नेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ७, बुधबार २२:१८सिन्धुपाल्चोकमा औषधि पसल तथा निजी स्वास्थ्य संस्थाको अनुगमन, आधा दर्जन सिल
समाचार२०८३ आश्विन ७, बुधबार २१:४७बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग
सूचना-प्रविधि२०८३ आश्विन ७, बुधबार १३:३२फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
खेलकुद२०८३ आश्विन ७, बुधबार १२:१६एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक









