‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक

‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक

काठमाडौँ। ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको सिनेमा ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार युट्युब मार्फत गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा सिनेमाका कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन् ।

सार्वजनिक गीत एसडी योगी र अन्जु पन्तले गाएका छन् । सुरेन्द्र रानाको शब्द रहेको गीतका संगीत निर्देशकमा एसडी योगी छन् भने संगीत निर्माता रिकेश गुरुङ हुन् । गीतको भिडियो सुरेन्द्र राईको कोरियोग्राफीमा बनेको छ । शैलेन्द्र डी. कार्कीले छायांकन गरेको सिनेमा आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुनेछ ।

सिनेमामा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् । सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘महाराजधिराज’का लागि पुष्प खड्काको गजबको ट्रान्सफर्मेसन, सार्वजनिक भयो सिक्स प्याक बडी
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   2   =