अन्तराष्ट्रिय धादिङ समाजको २० औँं शाखा विस्तारः धादिङ समाज डेनमार्कको अध्यक्षमा उद्धव कार्की

लामो समयदेखि डेनमार्कमा बस्दै आएका समाजसेवी उद्धव कार्की अन्तर्राष्ट्रिय धादिङ समाजको २०औँ शाखा विस्तार संयोजकमा चयन भएका छन्। विभिन्न सामाजिक गतिविधिमा लामो अनुभव हासिल गरेका कार्की हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कका उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। डेनमार्कमा ११ वर्षदेखि बसोबास गर्दै आएका उनले प्रवासमा रहेका नेपाली समुदाय, विशेषगरी धादिङवासीबीच एकता, सहकार्य र सामाजिक सद्भाव प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउँदै आएका छन्।
अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन नजिकिँदै गर्दा विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् तथा धादिङसँग सम्बन्धित संस्थाहरूको सक्रियता बढेको छ। यही क्रममा समाजले आफ्नो शाखा विस्तार अभियानलाई थप व्यापक र प्रभावकारी बनाउँदै लैजाने तयारी गरेको जनाएको छ। सोही अभियानअन्तर्गत डेनमार्कलाई २०औँ शाखाका रूपमा समावेश गरिएको हो।अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा कार्कीलाई शाखा विस्तार संयोजकको जिम्मेवारी दिइएको उल्लेख छ।
जिम्मेवारी पाएसँगै कार्कीले डेनमार्कमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै संस्थाको उपस्थिति र गतिविधिलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। समाजले कार्कीलाई नयाँ जिम्मेवारीका लागि सफल कार्यकालको हार्दिक शुभकामनासमेत व्यक्त गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ५, शुक्रबार १८:४८‘आवारापन २’को सफल उडान, इमरान हाश्मीको करियरकै ठूलो कमब्याक
समाचार२०८३ भाद्र ५, शुक्रबार १७:५२९ जना केन्द्रीय सदस्य र ११ जना सचिवालय सदस्य थप गर्ने रास्वपाको निर्णय
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ५, शुक्रबार ११:४६गरिमाको बलात्कारपछि हत्या भएको विरोधमा प्रदर्शन
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ४, बिहीबार २३:३६‘डियर काव्या’मा उपासना र डेब्यु अभिनेता बिक्की, मंसिरबाट छायांकन हुने









