भारी वर्षाका बीच फिल्म ‘आचार्य’ प्रदर्शन, पहिलो शोको औसत सुरुवात

भारी वर्षाका बीच फिल्म ‘आचार्य’ प्रदर्शन, पहिलो शोको औसत सुरुवात


काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘आचार्य’ शुक्रबारदेखि देश तथा विदेशका हलमा प्रदर्शनमा आएको छ। निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको फिल्मले भारी वर्षाका बीच पहिलो शोबाट प्रदर्शन यात्रा सुरु गरेको छ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबार बिहानैदेखि वर्षा भइरहेका कारण फिल्मको पहिलो शोमा दर्शकको उपस्थिति अपेक्षाकृत औसत देखिएको छ। वर्षाका कारण बिहानका शोमा दर्शकलाई हलसम्म पुग्न असहज भएको बताइएको छ।

फिल्मले प्रदर्शनअघि नै सर्वाधिक शो पाएको थियो। सेन्सर पासमा भएको ढिलाइका कारण बुकिङ खुलाउन केही समय लागे पनि बिहीबार बिहानदेखि ‘आचार्य’को बुकिङ खुला गरिएको थियो। शुक्रबार नेपालका हलमा यसअघि प्रदर्शनमा आइसकेका तथा शुक्रबारदेखि प्रदर्शनमा आउने नेपाली र विदेशी गरी १२ वटा फिल्म प्रदर्शनमा छन्। खल्ती एपमा सर्वाधिक ९६ वटा शोबाट सुरुवात गरेको ‘आचार्य’को देशभरका सबै हलमा गरी कुल १३७ वटा शो रहेको वितरक मनोज राठीले बताएका छन्।

‘आचार्य’ले पाएको ठूलो शो संख्या र ट्रेलरले बनाएको चर्चाका कारण फिल्मप्रति दर्शकको चासो देखिएको थियो। ट्रेलर सार्वजनिक भएपछि फिल्म नेपालमा ट्रेन्डिङको शीर्ष स्थानमा समेत पुगेको थियो।

निखिल उप्रेतीको एक्सन अवतार, फिल्मको प्रस्तुति तथा प्राविधिक पक्षलाई लिएर सामाजिक सञ्जालमा सकारात्मक तथा मिश्रित प्रतिक्रिया आइरहेका छन्। पहिलो शोको सुरुवात मौसमका कारण केही प्रभावित भए पनि दिन चढ्दै जाँदा दर्शकको उपस्थिति बढ्ने अपेक्षा गरिएको छ।

फिल्ममा निखिल उप्रेतीको निर्देशन तथा अभिनय रहेको छ। होम प्रोडक्सनमा निर्माण भएको ‘आचार्य’ आजदेखि नेपाल तथा विदेशका विभिन्न हलमा प्रदर्शन भइरहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘झिंगे दाउ २’को ‘आमा भए पो स्वर्ग हुन्छ घर’ गीतमा आमाको माया
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   4   =