‘अक्षरा’ को मार्मिक गीत सार्वजनिक, न्यान्सी र सुशीलको भावुक जोडी

काठमाडौँ । प्रदर्शनको तीन दिनअघि चलचित्र ‘अक्षरा’ को मार्मिक गीत सार्वजनिक गरिएको छ। आगामी शुक्रबार अर्थात् असोज २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘भाग्यले हो कि’ बोलको स्याड सङ निर्माण टिमले सार्वजनिक गरेको हो।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार न्यान्सी खड्का, सुशील सिटौला र रिस्ता अधिकारीलाई भावुक अवस्थामा प्रस्तुत गरिएको छ। गीतमा न्यान्सीको चरित्रले जीवनप्रति गुनासो गर्दै ‘भाग्यले हो कि मलाई जिन्दगीले ढाँट्यो’ भन्दै पीडा व्यक्त गरेको देखिन्छ। भिडियोमा सुशील र रिस्ताको उपस्थितिले पनि कथाभित्रको सम्बन्ध र भावनात्मक उतारचढावलाई संकेत गर्छ।
‘भाग्यले हो कि’मा रचना रिमालको स्वर, सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहेको छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
विनय राज पौडेलको निर्देशनमा तयार भएको ‘अक्षरा’ मा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने र सृष्टि खड्कालगायतको अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।
उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको चलचित्रलाई दिपेन बस्न्यातले छायांकन गरेका हुन् भने सम्पादन गौतम खड्काको छ। नेपालभर चलचित्र वितरणको जिम्मा नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले लिएका छन्। चलचित्रको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २२, बिहीबार ०६:४७बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
समाचार२०८३ आश्विन २१, बुधबार २१:१७धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २१, बुधबार १९:२७दयाहाङ राई » Celebrity Nepal
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २१, बुधबार १९:१६‘अक्षरा’ को मार्मिक गीत सार्वजनिक, न्यान्सी र सुशीलको भावुक जोडी









