एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

२४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार एक खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुन लागेको हो।
जारी प्रतियोगितामा दुवै टोलीले समान ५ खेल खेलिसकेका छन्। अंकतालिकामा सुदूरपश्चिम ६ अंकसहित तेस्रो स्थानमा रहेको छ। उसले हालसम्म ३ खेलमा जित निकाल्दा २ खेलमा पराजय भोगेको छ।
आजको खेलमा जित निकाल्न सके सुदूरपश्चिमलाई प्लेअफमा पुग्ने सम्भावना थप बलियो बनाउन सहज हुनेछ। त्यसैले टोली आज पनि जितको लक्ष्यसहित मैदान उत्रिनेछ।
यता, जनकपुर बोल्ट्स पनि आजको खेल जित्ने लक्ष्यमा हुनेछ। जनकपुरले ५ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको पाँचौँ स्थानमा रहेको छ। टोलीले अहिलेसम्म २ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ।
प्लेअफ यात्रालाई सहज बनाउन जनकपुरका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ। त्यसैले दुवै टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक २५, मंगलवार १९:५५जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीबारे छलफल
खेलकुद२०८३ कार्तिक २५, मंगलवार ०७:५९एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै
समाचार२०८३ कार्तिक २५, मंगलवार ०६:२०देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा
खेलकुद२०८३ कार्तिक २४, सोमबार २१:०१एनपीएलमा चितवनमाथि काठमाण्डु गोर्खाजको १० रनको रोमाञ्चक जित









