राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ- नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति पौडेल र गुटेरेसबीच राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता भएको हो ।
महासचिव गुटेरेस नेपालको ४ दिने औपचारिक भ्रमणको क्रममा अहिले काठमाडौँमा हुनुहुन्छ ।
आजै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली लगाएतलाई भेट्नु भएको छ ।
भोलि महासचिव गुटेरेस एभरेष्ट बेसक्क्याम्प जाने कार्यक्रम छ । पर्सि मंगलवार उहाँले नेपालको संसदमा संवोधन गर्नुहुने कार्यक्रम छ ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २१, शनिबार ०९:१६फाइनल खेलमा सिङ्गापुर विरुद्ध राम्रो सुरुवात गर्दै नेपाल
खेलकुद२०८२ असार २१, शनिबार ०८:४६सिङ्गापुर विरुद्धको फाइनल खेलमा बलिङ गर्दै नेपाल
समाचार२०८२ असार २१, शनिबार ०८:२३नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित
कला, विचार/मनोरञ्जन२०८२ असार २०, शुक्रबार २३:१८कलाकार लक्ष्मी श्रेष्ठको निधन