प्रधानमन्त्री प्रचण्डद्वारा आज सर्वदलीय बैठक आह्वान

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्दैछ । गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो ।
बैठकमा भूकम्प प्रभावितहरुलाई भैरहेको राहत वितरण र उनीहरुको पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३१, आईतवार २०:५०धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ०९:४५२८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो « रिपोर्टर्स नेपाल









