आज अस्ताउँदो सुर्यलाई अर्घ दिई छठ पर्व मनाईदै

आज छठ पर्व हर्षोउल्लाषको साथ मनाईदैछ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाल मनले चिताएको पुग्ने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ ।विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । धादिङबेसीमा पनि विगत केहि बर्षदेखी धुमधामको साथ छठ पर्व मनाईने गरिन्छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ भाद्र २९, आईतवार २१:११‘रिमै’ सोमबारबाट हल सञ्चालनमा आएसँगै प्रदर्शनमा आउने
समाचार२०८२ भाद्र २९, आईतवार २०:०९मन्त्रीहरुको नाम सिफारिसका लागि विज्ञहरुसँगको परामर्शमा जेन-जी
समाचार२०८२ भाद्र २९, आईतवार १९:०७महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं
स्वास्थ्य/जानकारी टिप्स२०८२ भाद्र २९, आईतवार १७:०३जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरुको उपचारमा मेडिसिटी अस्पताल सक्रिय