उत्तरगया धाम परिसरमा १०८ शिवलिंग स्थापना

रसुवा- रसुवाको उत्तरगयामा स्थानीयको सक्रियता र लगानीमा १०८ शिवलिङ्ग स्थापना गरिएको छ । रसुवाको उत्तरगया गाँउपालिका-५ को उत्तर गयाधाम परिसरमा एक कार्यक्रमको आयोजना गरी १०८ शिवलिंग स्थापना गरिएको हो ।
स्थानीयहरुको सक्रियतामा १६ लाख ५० हजार रुपैयाँमा ती शिवलिंग स्थापना गरिएको हो । आफ्ना ज्ञातअज्ञात पितृहरुको सम्झनामा उत्तरगयाधाम परिसरमा शिवलिङ्ग स्थापना गर्न चाहनेहरुबाट प्रति शिवलिङ्ग सात हजार रुपैयाँका दरले रकम संकलन गरिएको थियो ।
अन्य १४ लाख ८१ हजार रुपैयाँ भने दाताहरुबाट संकलन गरिएको थियो । शिवलिङ्ग प्राण प्रतिष्ठामा रूद्री पूजा, लाखबत्ती प्रज्वलन गरी उद्घाटन गरिएको हो ।
उत्तरगयाधाम परिसरमा १०८ शिवलिङ्ग निर्माण भए पछि धार्मिक तथा पर्यटकीय आकर्षण बढने बिश्वास स्थानीयहरुले लिएका छन् ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:५४निर्देशक राजबहादुर सानेको ‘गंगा रानी’मा नयाँ हिरोको इन्ट्री
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:४७अक्षराकाे तीज गीत ‘नाँचाैं न बरि लै’ काे छायांकन
समाचार२०८३ असार १, सोमबार ११:२८धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन
खेलकुद२०८३ असार १, सोमबार १०:३१ट्युनिसियामाथि स्वीडेनको जित « रिपोर्टर्स नेपाल








