अधिवक्ताको परीक्षा लिने बाटो खुल्यो

अधिवक्ताको परीक्षा लिने बाटो खुल्यो

काठमाडौँ – नेपाल बार काउन्सिललाई अधिवक्ताको ३१ औँ परीक्षा लिने बाटो खुला भएको छ ।

यसअघि सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशका कारण शुक्रबार र शनिबारका लागि तोकिएको परीक्षा बुधबार स्थगित गरिएको थियो ।  आज भएको सुनुवामा सर्वोच्चवले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेसँगै काउन्सिललाई परीक्षा लिने बाटो खुलेको हो।

बार काउन्सिलले नेपाल खुला विश्वविद्यालयमा कानुनमा स्नातक अध्ययन गरेका विद्यार्थीलाई परीक्षामा सहभागिता रोकेको भन्दै  केही विद्यार्थीहरु काउन्सिल विरुद्ध सर्वोच्च पुगेका थिए ।

यो विषयसँग सम्बन्धित अरु रिटहरु संवैधानिक इजलास र दोहोर्‍याई हेरी पाउँको क्रममा रहेकाले त्यसलाई अन्तिम सुनुवाइकै बखत निरुपण हुने ठहर संयुक्त इजलासले गरेको छ।

‘‘प्रस्तुत निवेदनसँग सम्बन्धित सबै निवेदनहरुलाई एकै साथ राखी पेशी चढाई सुनुवाई गर्न मुद्दा व्यवस्थापन महाशाखाले यशोचित व्यवस्था मिलाउनु होला अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन,” आदेशमा भनिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  पोखरामा ‘यामाहा फेस्ट’ सुरु, एक्सचेन्जमा विशेष अफर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   3   =