गोपाल किराँतीसहित चारजना आन्दोलनकारी प्रहरी नियन्त्रणमा

गोपाल किराँतीसहित चारजना आन्दोलनकारी प्रहरी नियन्त्रणमा

खोटाङ-  देशभक्त समाजबादी मोर्चाका संयोजक तथा संयुक्त संघर्ष समितिका नेता गोपाल किराँतीलगायत चार जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरुप यातायात बन्द गराउन उत्रिएका नेता राई लगायत राजेश राई, गन्धमान राई र बिजय राईलाई हलेसीबाट नियन्त्रणमा लिएका हुन ।
पहिचान पक्षधर समुहले आज मंगलबारदेखि अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका थिए । नियन्त्रणमा परेका सबैलाई तत्काल रिहाइ गर्न पहिचानबादी युवा परिचालन समितिका संयोजक निर्मल राईको माग रहेको छ । तत्काल रिहाई नगरे परिणाम राम्रो नहुने राईले उल्लेख गर्नुभएको छ । समृद्धिका लागि संकल्प यात्रा अन्तरगत एमालेले आज घुर्मीमा बृहत जनसभा गर्ने तयारी छ । त्यसकै बिरोधमा एक नम्बर प्रदेश पुःन नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तरगत उदयपुरको घुर्मी र धनकुटाको लेगुवाघाट सडक बन्दको आव्हान गरेको हो ।

बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीको सार्वजनिक सवारी साधन नचलेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।
प्रदेशको नामांकनको विषयमा विमती राख्दै आन्दोलनरत समुहले गए राती खोटाङको दिक्तेल–जयराम सडकको विभिन्न ठाउँमा रुख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेका थिए ।

अहिले अवरोध हटाइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयाे । चलेका गाडीलाई प्रहरीले स्कट गरिरहेको जनाईएको छ ।
पहिचान पक्षधर समुहले कोसी नामाकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान बिरुद्ध अभिव्यक्ती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली, एमाले नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित बिरोधका कार्यक्रम गरिरहेको छ ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   8   =  

Protected by Spam Master