बुढीगण्डकी परियोजनाको निर्माण गर्न आर्थिक अभाव हुँदैन र शिलन्यास छिट्टै गरिन्छ : प्रधानमन्त्री दाहाल

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताउनुभएको छ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा उहाँले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चिता गरिसकेको उल्लेख गर्नुभयो ।
‘‘बूढीगण्डकी आयोजना के होला ? कसो होला ? भन्ने भइरहेको थियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ ।’’
एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने उहाँले बताउनुभयो । “यो आयोजनाबाट भविष्यसम्म पनि गोरखा र गोर्खाली जनताको आर्थिक विकास र सम्बृद्धिका निम्ति तथा रोजगारीको अवसर पनि हुन्छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो ।
गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सांसदसमेत रहनुभएका प्रधानमन्त्री दाहालले निर्वाचनका बेला आफूले जनता समक्ष गरेको प्रतिबद्धता नबिर्सिएको तर केही कारणले ढिलाइ भएको उल्लेख गर्नुभयो । उहाँले गोरखाको देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योग निर्माण गर्नका लागि छलफल अगाडि बढाइसकेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले आँपपिपल अस्पताललाई ५० शय्याका रुपमा विकास गरे जिल्लाको स्वास्थ्य क्षेत्रमा आमूलपरिवर्तन ल्याउन सकिने र त्यसका लागि आधार तयार पार्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २२, आईतवार १७:३१कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा
समाचार२०८२ असार २२, आईतवार १६:३५राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार १४:४५‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै
समाचार२०८२ असार २२, आईतवार ०९:२२भोजपुरमा एकै घरका चार जनाको हत्या