राष्ट्रिय सभाका १९ वटै पदमा एमालेले उम्मेदवारी दिने

काठमाडौँ । नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ वटै पदमा उम्मेदवारी दिने भएको छ ।
शुक्रबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले १९ वटै पदमा उम्मेदवार दर्ता गर्ने निर्णय गरेको हो ।
”हामीले सातै वटा प्रदेशका तर्फबाट प्रदेशमा रिक्त भएका कलस्टरहरुका लागि प्रत्येक कलस्टरमा तीन जनाको नाम सिफारिस गर्न आग्रह गरेका थियौ । प्रदेशका तर्फबाट नाम सिफारिस भइ आएको छन् । आज ती नामका बारेमा छलफल भएको छ । कतिपय क्लस्टरमा थप छलफल गर्नुपर्ने भएको छ । थप छलफल र प्रस्ट भएपछि पुस २३ गते १९ वटै पदमा नै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौ’, महासचिव शंकर पोखरेलले बैठकपछि संचारकर्मीलाई जानकारी दिनुभयो ।
यसअघि एमालेले राष्ट्रिय सभामा भागबण्डमा आफुलाई बाहिर राखेर नजान सत्ता गठबन्धनसँग प्रस्ताव गरेको थियो ।
महासचिव पोखरेलका अनुसार आज बसेको सचिवालय बैठकले प्रदेश अध्यक्षबाट जिम्मेवारीबाट बाहिरिएका ५ जना सहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको छ।
जसमध्ये कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी रहनु भएको छ ।
त्यसै गरी बैठकले झापाका जिल्ला अध्यक्ष दीपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक









