काठमाडौँ – गृहमन्त्रालयका आन्तरिक ब्यवस्थापन महाशाखाका प्रमुख तुल्सी बहादुर श्रेष्ठलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी मन्त्रालयले ललितपुर प्रहरी प्रमुखमा प्रहरी हेडक्वाटरमा कार्यरत एसएसपी शेखर खनाललाई पठाइएको छ ।

गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले सामाजिक संजाल फेसबुक मार्फत श्रेष्ठलाई प्रजिअ र खनाललाई जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिएको जानकारी गराउनु भएको हो ।

बालकुमारी घटनापछि यसअघिका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *