राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले बनायो छुट्टै समिति
![राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले बनायो छुट्टै समिति राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले बनायो छुट्टै समिति](https://nepaltvonline.com/wp-content/uploads/2023/05/Pro_Ktm_Sattagathabandan_dal_baithak1-780x470.jpg)
काठमाडौँ – सत्ता गठबन्धले गठबन्धनको तर्फबाट राष्ट्रिय सभा निर्वाचनमा उठेका उम्मेदवारहरु लाई विजयी बनाउनका लागि आवश्यक समन्वय गर्न चार सदस्यीय समन्वय समिति गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले निर्वाचनका प्रचार प्रसार लगायतका कामको लागि समन्वय समिति गठन गरेको हो ।
समितिमा नेपाली कांग्रेसका तर्फबाट रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन रहनु भएको छ ।
समितिलाई गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउँन प्रचार प्रसार सामग्री निर्माणदेखि मतदाता भेटघाट र उम्मेदवारहरु सँग समन्वय गर्ने सम्मका कार्यको जिम्मेवारी दिइएको समिति सदस्य एवम जसपा नेता मनिस सुमनले नेपाल टिभी अनलाइनलाई जानकारी दिनुभयो ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १९ पदमा सत्ता गठबन्धनमा रहेका मुख्य चारदलहरु बीच सिट भागबण्डा भइ सोही अनुसार उम्मेदवारी परेको छ।
जसमा नेपाली कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६, जना, एकीकृत समाजबादीबाट २ जना र जसपाबाट १ जना गठबन्धनका साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास