एकता संयोजन समिति गठन बेसुरे राग कि एकताका लागि इमानदार प्रयास ?

काठमाडौँ – नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्व गरेको दल नेपाल समाजवादी दल बीच पार्टी एकताका लागि माओवादी केन्द्रले आज पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको छ।
नेपाल समाजवादी पार्टीले अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गरेको झण्डै दुई महिना पछि माओवादी केन्द्रले भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी लगायतका दलसँग पार्टी एकताका लागि समिति गठन गर्ने निर्णय गरेको हो ।

मंसिर पहिलो साता बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्ष भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहेको पार्टी एकता/ध्रुवीकरण संयोजन समिति बनाउने निर्णय गरेको थियो ।
माओवादी केन्द्रले नेता कृष्ण बहादुर महरा र नेपाल समाजवादी पार्टीले गंगानारायण श्रेष्ठलाई संयोजक राखेर बर्ता समिति समेत गठन गरि गृहकार्य अघि बढाएका थिए । सोही वार्ता समितिले पार्टी अध्यक्ष प्रचण्ड र भट्टराईकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन सुझाएको थियो । सोही सुझाब अनुसार नै आज माओवादी केन्द्रले समिति गठनको निर्णय गरेको हो । त्यसो गत निर्वाचनमा नै पार्टी एकता गर्ने सहमतिअनुसार नै नेसपाले माओवादीकै चुनाव चिह्नबाट उम्मेदवारहरू उठाएको थियो ।

बाबुराम भटराईले आफु निर्वाचन लड्दै आएको जिल्ला गोरखामा आफ्नो निर्वाचन क्षेत्र पार्टी एकतासम्म पुग्ने सहमति अनुसार नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बुझाउनु भएको थियो । निर्वाचन पूर्व भएको सहमति निर्वाचन पछिको एक वर्ष सम्म पनि सार्थकता पाउन सकेको छैन । त्यसो त २०७९ चैतमा नेपाल समाजवादी पार्टीले एकताको आधार भन्दै माओवादी केन्द्रलाई ९ बुँदे पत्र पनि पठाएको थियो । तर त्यसको कुनै जवाफ पाएन । त्यसै गरी गत साउनमा सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले पार्टी एकीकरणका सम्बन्धी दस्तावेज पठाउनु भएको थियो ।
भटटराईले इमेल मार्फत माओवादी केन्द्रका नेताहरूलाई पठाएको खाँचो अग्रगामी वैकल्पिक शक्तिको नमा दिएको दस्तावेजमा हामी कहाँ चुक्यौ ? अग्रगामी वैकल्पिक राजनीतिका प्रमुख एजेण्डा के हुने ? अग्रगामी वैकल्पिक शक्तिको निर्माण कसरी भन्ने विषयहरू समावेश गरिएको थियो । तर त्यस विषयले माओवादी बैठकमा त्यती ठाँउ पाउन सकेन् ।
पार्टी एकीकरणका लागि भट्टराईले गरेका यी प्रयासहरूबीच पनि माओवादी केन्द्रले समाजवादी सँगको एकीकरणलाई महत्वमा राखेन । सत्ताघटक दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्व नेकपा सम्मिलित समाजवादी मोर्चा लाई अघि बढाइयो ।
उक्त मोर्चमा विपल्व र उपेन्द्र यादव अटाउँदा भट्टराइको दल भने अटाएन । भट्टराईले पार्टी एकताका लागि गरेका प्रयासहरू निरर्थक जस्तै बने । यस बीचमा माओवादी र नेपाल समाजवादी दल बीचको एकता लगभग टाढिएको अवस्थामा पुग्यो । समाजवादी मोर्चा गठनलाई लिएर डाक्टर भट्टराईले दिएको प्रतिक्रियाले एकीकरणको नजिक भन्दा पनि टाढिएको पुष्टि गर्यो ।
”देशको नेतृत्व हाक्ने व्यक्तिहरू सुतुरमुर्गले बालुवामा टाउको घुसारेर ढुक्क भए झैं ढुक्क भएर आआफ्ना दल÷गुटका डम्फू बजाउन व्यस्त हुनु, सिंग न पुच्छरको ‘समाजवादी मोर्चा’को वेसुरे राग गाउँदै हिंड्नु, संसदलाई कुनै बिजिनेज नदिएर पंगु बनाउनु कति गैरजिम्मेवार/असंवेदनशील कुरा हो? समाजवादी मोर्चा गठनसँगै भट्टराइलेले लेखाका यि शब्दहरुले पनि दुई दल बीचको पार्टी एकता टाढिएको प्रष्ट परेको थियो ।

पार्टी एकता गर्ने गरी एउटै निर्वाचन चिन्हबाट निर्वाचमा गएको एक बर्ष भित्र देखिएका यी उतार चढापका बीच ढीलै भएपनि माओवादी केन्द्रले आज एकता संयोजन समिति गठन गरेसँगै दुई दलको बीच पार्टी एकीकरणको बाटो खुला गरेको छ । तर यसले सार्थकता कति पाउने हो भन्ने आशंका पनि उत्तिकै छ । भटराईका शब्दहरु सापटी लिएर भन्नु पर्दा यो अर्को बेसुरको राग बन्ने पक्कै बन्ने छैन ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ११, शुक्रबार ११:३८काउन्सिलले गर्याे १७ जना चिकित्सकको दर्ता खारेज
समाचार२०८३ बैशाख ११, शुक्रबार ०८:०५प्रदेश सूचना पुनरावेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी नियुक्त








