गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

गोरखा, ५ माघ । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न नि:शुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ ।
पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालमा लैजान र ल्याउनका लागि पालिकाले निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिनाले जानकारी दिए ।
‘पालिकाभित्र सुत्केरी गराउन नसकी पालिका बाहिरका जुनसुकै अस्पतालमा पनि सुत्केरी गराउन लैजानुपर्ने अवस्था आउनसक्छ’, उनले भने, ‘त्यस्तो अवस्थामा अस्पतालसम्म पुर्याउन र सुत्केरी गराएर घरसम्म फर्काएर ल्याउनका लागि गाउँपालिकाले नै नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउन सुरु गरेको हो ।’
आर्थिक अभावका कारण गर्भवती घरमै सुत्केरी गराउन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवाको थालनी गरेको गाउँपालिका उनको भनाइ छ । “घरमै सुत्केरी गराउँदा आमा र बच्चा दुवैमा जोखिम बढी हुन्छ’, उनले भने, ‘निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि गाउँपालिकाभित्र घरमै सुत्केरी गराउने क्रम पूर्ण रूपमा अन्य हुन्छ भन्ने विश्वास छ ।’
गाउँपालिकाले पालिकाभित्रका सबै वडाका नागरिकमा सहज पहुँच पुग्ने गरी बुधबारदेखि एम्बुलेन्स सेवासमेतको थालनी गरेको उनले बताए । ‘भूम्लिचोकस्थित भूम्लिचोक स्वास्थ्य केन्द्र, वडा नं १ स्थित मकैसिंङ प्राथामिक स्वास्थ्य केन्द्र र दर्बुङ स्वास्थ्य चौकी उपलब्ध गराइएका तीन वटा एम्बुलेन्सलाई परिचालन गर्ने गरी एम्बुलेन्स सेवा सुरु भएको हो’, उनले भने, ‘बृहत् एम्बुलेन्स सेवाबाट आवश्यकता पर्दा सबै वडामा सेवा दिन सक्ने गरी व्यवस्थापन भएको छ ।’ बृहत् एम्बुलेन्स सेवाबाट न्यून खर्चमा उपचारका लागि अस्पतालसम्म पुग्न गण्डकी गाउँपालिकाका नागरिकलाई सहज हुने उनले बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:१३शुक्रबारदेखि लाग्दै ‘आई एम जितबहादुर’, अग्रीम बुकिङ खुल्यो
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १२:३७क्यान्सरका अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग
खेलकुद२०८३ असार ३, बुधबार ०९:३३पहिलो खेलमै मेसीको ह्याट्रिक « रिपोर्टर्स नेपाल









