वैज्ञानिक आविष्कार र अनुसन्धानमा विश्वविद्यालय केन्द्रित हुनुपर्छ : अध्यक्ष ओली

सुर्खेत- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगर स्थित मध्यश्चिम विश्वविद्यालयको स्कूल अफ मेनेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले विश्वविद्यालयलाई वैज्ञानिक आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आग्रह गर्नु भएको हो ।
उहाँले शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या बन्दै गईरहेको बताउँदै देशभित्रै उद्यमशील वातावरण निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने शिक्षाका पाठक्रम निर्माण गर्नेतर्फ प्राध्यापकहरुले ध्यान दिन सुझाव दिनु भयो । नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलका लागि विश्वविद्यालय तहमा अध्ययन, अनुसन्धान जरुरी रहेको उहाँको भनाई थियो ।
आजै अध्यक्ष ओलीले विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम र कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थानको भवन समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँग केपी शर्मा ओली विषयक अन्तरक्रिया कार्यक्रमसमेत राखिएको विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले जानकारी दिनु भयो ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २, बिहीबार १८:२६अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको मनोबल उच्च हुनुपर्छ: गभर्नर पौडेल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १८:१६चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक
समाचार२०८२ आश्विन २, बिहीबार १८:१५नीलकण्ठ नगरपालिकाको गत आर्थिक बर्षको बार्षिक समिक्षा सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १३:१२‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजयको घम्साघम्सी