फिल्म ‘हात्तीछाप’मा अर्गानिक प्रेमकथा भएको उपासनाको दाबी

यही आउदो माघ २६ गतेबाट फिल्म ‘हात्तीछाप प्रदर्शनमा आउने तयारीमा रहेको छ।फिल्मलाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी उत्साहित छिन् । किन कि एकातिर ‘दुई नम्बरी’ जस्तो सफल फिल्मको टिम र अर्कोतिर गाउँले चरित्र रहेकाले उनी प्रचारमा पनि सक्रिय देखिएकी छन् । पत्रकार भेटघाटमा उनले फिल्म मनोरञ्जनात्मक रहेको र दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरिन् ।
सामाजिक कथावस्तुलाई ल्वाङ गाउँको अर्गानिक प्रेमकथामा ‘हात्तीछाप’ बुनिएको उनको तर्क छ । भन्छिन्, ‘म म फिल्मको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न तयार हुन्छु । त्यसैले ‘हात्तीछाप’को कथा पढ्दा मज्जा लागेको थियो । फिल्मको कथामा फरकपन छ । समसामयिक विषयवस्तुमा मीठो प्रेमकथा बुनिएको छ ।’ फिल्ममा भूकम्पको कथालाई पनि जोडिएको उनले खुलासा गरेकी छन् ।
कतिपय कुराहरु हामीले समाजमा देखेर पनि वेवास्था गरिरहेका हुन्छौं, ती विषयहरु फिल्ममा आएका छन् ।हाम्रो फिल्मले समाजमा भइरहेको यथार्थ घटनालाई नै प्रस्तुत गरेको छ । फिल्मले भूकम्पको कथालाई पनि छोएको छ । सामाजिक विषयलाई निकै रोचक तरिकाले उठान गरिएकाले ‘हात्तीछाप’ विशेष छ ।’ फिल्ममा उनको जोडी दयाहाङ राईसँग बाँधिएको छ ।त्यस्तै, अभिनेता सौगात मल्ल फिल्ममा ‘बोत्तल राजा’को भूमिकामा प्रस्तुत छन् । टिजर हेर्दा उनी दम्भी स्वभावको चरित्रमा रहेको प्रष्ट बुझिन्छ । यो फिल्मका लागि उनले कपाल लामो पालेका थिए । उनी भन्छन्, ‘हामीले राम्रो फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दिने कोशिश गरेका छौं । यसका लागि फिल्मका सबै टिमको मिहिनेत छ । मैले निभाएको चरित्र दर्शकलाई रोचक लाग्न सक्छ ।’
सिमोस सुनुवारद्वारा निर्देशित फिल्ममा बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, कमलमणी नेपाल, कविता आले, विल्सन विक्रम राई, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, विनोद न्यौपाने लगायतको पनि अभिनय छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन छ भने प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP
समाचार२०८२ फाल्गुन ५, मंगलवार १८:५९ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना








