किन बढी रिस उठ्छ भोक लाग्दा ?

हाम्रो दिमागमा भोकले प्रभावित गर्छ । कतिपय समयमा भोकका कारण निकै रिस उठ्ने गर्छ। यद्यपि भोक लागेको छ भने अरु बेला भन्दा धेरै रिस उठ्ने गरेको अनुसन्धानले प्रमाणित गरेको छ।
यसको मुख्य कारण हो- पर्याप्त पोषक तत्व र क्यालोरीबिना हाम्रो मस्तिष्कलाई विकसित हुन र ठीकसँग काम गर्नका लागि संघर्ष गर्नुपर्छ।
‘के दैनिक जीवमा केही समय भोकै बस्दा हाम्रो सोच्न तरिका र मुड प्रभावित हुनसक्छ?’ हाम्रो सोचमाथि हाम्रो इमोसन हावी हुन्छ । खासगरी जब हामी आफ्नो भावनालाई बुझ्ने र स्वीकार्न कोशिस गर्दैनौं । यदि हामीलाई हाम्रो भावना किन र के कारणले आइरहेको छ भन्ने कारण थाहा पाउँछौं भने नियन्त्रण गर्ने कोशिस गर्छौं ।
hams
मनोवैज्ञानिकहरुको भनाइ छ, ‘मान्छेलाई तीन कुरा साह्रै महत्वपूर्ण हुन्छ। भोकप्यास, निद्रा र शारीरिका आवश्यकता। यदि यी तीनमध्ये एउटा मात्रै पूरा भएन भने मानसिक स्वास्थ्यमा असर पर्न सक्छ । हामी जति धेरै भोकै बस्छौं, त्यसको सिधा असर दिमागमा पर्छ।
खानाले मुड कसरी प्रभावित गर्छ ?
सन २०२२ मा भएको एक अध्ययनका अनुसार खराब मुड अक्सर हामीलाई निराशावादी बनाइदिन्छ । जो हाम्रो सोचलाई अझै धेरै नकारात्मक बनाउन सक्छ। यसपछि हाम्रो मुडको कारक खाना हुन्छ ।
डायटिशियन तथा वन हेल्थ कम्पनीको फाउन्डर डा शिखाका अनुसार खाना र हाम्रो मुडमा गहिरो सम्बन्ध हुन्छ। उनी भन्छिन्, ‘खाना एक बायोलोजिकल केमेस्ट्री हो। खाना हाम्रो हर्मोन्सलाई ट्रिगर गर्छ। कति मान्छेमा ट्रिगर इटिङ ह्याबिट हुन्छ। खुशी, रिस, उदासी वा हडबडाहट यही ट्रिगरका कारण हुन्छ। चीनी, चिज, मदिरा, मसरुम, दूध फरक-फरक हर्मोनलाई ट्रिगर गर्छ।’
सन् २०२२ मा मनोबैज्ञानिक निएन्के जन्कर र उनका साथीहरुले नेदरल्यान्डिसको ग्रोनिगेन विश्वविद्यालयमा १२९ महिलामाथि अध्ययन गरेका थिए। तीमध्ये कति महिलालाज्ई खाना दिइएको थियो भने २४ घन्टा उपबास राखिएको थियो। त्यसअनुसार उनीहरुको भोक, मनोदशा र खाने बानीसँग सम्बन्धित प्रश्न सोधिएको थियो।
त्यसक्रममा उनले जो महिलाले खाना खाएका थिएनन्, उनीहरुले धेरै नै नकारात्मक जवाफ दिएको पाएका थिए। तनाव, क्रोध, थकान र भ्रम पनि धेरै थियो। भनिएको छ, ‘भोकी महिलाहरु खाएकाहरु भन्दा दोब्बर बढी रिसाइरहेका थिए।’
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









