हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत तोरीखेती गर्ने किसानलाई अनुदान प्राप्त

पोखरा । पोखरा महानगरपालिकाले हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ । तोरीखेती विस्तारबापत प्रतिरोपनी रु चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिए ।
महानगरपालिकाबाट अनुदान पाएपछि वडा नं ११, १३, २३, २९ र ३१ किसानले पाँच रोपनीमा तोरीखेती विस्तार गरेको उनले बताए । समूहगतरुपमा आएका किसानलाई जग्गा तयार गरेबापत क्षेत्रफलअनुसार अनुदान दिइएको हो । व्यक्तिगतरुपमा आउने किसानलाई बीउमा मात्र अनुदान दिइएको महाशाखा प्रमुख कडरियाले बताए ।
महानगरपालिकाले हिउँदे बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत तोरी र गहुँबाली विस्तारका लागि किसानलाई अनुदान दिँदै आएको छ । हिउँदमा खाली हुने जग्गाको सदुपयोगका साथै घरायसी प्रयोजनका लागि किसानले आफैँ तेल उत्पादन गर्न सकून् भन्ने उद्देश्यले तोरीमा अनुदान दिइएको महाशाखा प्रमुख कडरियाको बताउनु भयो ।

लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार ८, आईतवार २१:४२रहेनन् शिक्षासेवी टुवराज बास्तोला
कला, विचार/मनोरञ्जन२०८२ असार ४, बुधबार ०८:४०फिल्म‘यो मन त मेरो नेपाली हो अमेरिकी विशेष प्रदर्शनी
समाचार२०८२ असार ४, बुधबार ०८:२९देशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना गण्डकी र लुम्बिनीसहित
समाचार२०८२ असार ४, बुधबार ०८:१६ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी