नख्खु कारागारमा निःशुल्क आँखा परीक्षण शिविर

ललितपुर, १८ माघ । नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठले जानकारी दिइन् ।
अस्पतालले चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । प्रा डा श्रेष्ठले भनिन्, “आँखा जाँच गरिएकामध्य चार सय कैदीबन्दीमा दृष्टिदोषको समस्या देखिएको छ भने नौ जना मोतिविन्दुका बिरामी भेटिएका छन्” । उनका अनुसार एक सय ४८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ भने शिविरमा भेटिएका नौ जना मोतिविन्दुका बिरामीलाई शल्यक्रियाको सेवा पनि निःशुल्क उपलब्ध गराइने छ ।
“सामान्यत वर्षमा दुई पटक सबैले नियमित आँखा परीक्षण गर्नुपर्छ तर कारागारमा रहेका कैदीबन्दी वर्षौंदेखि आँखा उपचारको पँहुचबाट टाढा रहेको थाहा पाएपछि उनीहरुलाई आँखा स्वास्थ्यको पहुँचमा ल्याउन निःशुल्क शिविरको आयोजना गरेका हौ”, प्रा डा श्रेष्ठले भनिन् ।
प्रोफेसनल सपोर्ट सर्भिस नेपालको समेत सहयोगमा सञ्चालन गरेको उक्त शिविरमा प्राडा श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेका थिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १५, मंगलवार १३:५५व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश
खेलकुद२०८३ बैशाख १५, मंगलवार ०७:२९दिल्लीलाई आरसीबीले ९ विकेटले हरायो, आज पञ्जाव र राजस्थान भिड्दै
समाचार२०८३ बैशाख १५, मंगलवार ०६:५६मनकामना-गोरखा दरबारसम्मको म्याराथन दौड सम्पन्न, प्रतियोगिताको उपाधि सनम गुरुङले जिते
समाचार२०८३ बैशाख १४, सोमबार २०:१५पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने





