प्रजातन्त्र दिवसका सन्दर्भमा सभामुखबाट शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना सभामुख देवराज घिमिरेले व्यक्त गर्नुभएको छ ।
आज जारी गर्नुभएको सभामुख घिमिरले शुभकामना सन्देशमा प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दैै उक्त शुभकामना व्यक्त गर्नुभएको हो ।
सार्वभौम जनताबाट निर्वाचित संविधानसभाले संविधान निर्माण गरेको पनि झण्डै एक दशक पुग्न लागेको छ”, शुभकामना सन्देशमा भनिएको छ, “अब लोकतन्त्रको संस्थागत र वास्तविक कार्यान्वयनका लागि न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ अघि बढ्नै पर्दछ, लोकतन्त्रले सबै प्रकारका समस्या समाधान गर्न मार्गप्रशस्त गर्दछ भन्ने आमविश्वास रहेको छ ।”
यस ऐतिहासिक दिनमा मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति सभामुख घिमिरले श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको र २००७ सालको क्रान्ति सफल भएर एक सय चारवर्षे लामो निरङ्कुश जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा
समाचार२०८३ बैशाख २०, आईतवार १६:५०सिद्धार्थ राजमार्गमा आधुनिक ‘आर्क ब्रिज’: राम्दीमा निर्माणाधीन पुल अन्तिम चरणमा
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने









